बेल्जियममा २८५५ औ सोनाम ल्होछार

बेल्जियममा २८५५ औ सोनाम ल्होछार सम्पन्न

Hollywood Khabar February 09,2019 Comments

इन्दिरा चाम्लिङ

यहीँ २०१९ फेब्रुअरी ९ तारिक शनिबारका दिन रमणीय शहर ब्रुजमा ल्होछार साझ भब्यताका साथ सम्पन्न भएको छ।
२८५५औ सोनाम ल्होछार बँदेल बर्षको औपचारिक कार्यक्रम लामा गुरूले पुजा गरे पश्चात्, समाजका अध्यक्ष राम लामाको सभापतित्वमा प्रमुख अथिति नेपाली दुताबासका महामहिम राजदुत लोक बहादुर थापाले मैनबत्ति बालेर उधघाटन पश्चात सुरु भएको थियो।

विशिष्ट अथितिको रुपमा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले तामाङहरुको कला र संस्कृति बारे प्रष्टाउदै सम्मानताका लागि राज्यसत्ताको ऐतिहासिक विभेदकारी नितीको अन्त्य हुनुपर्ने बताए ।

समाजका सचिव गोपि मोक्तान, नेपाल जनजाति माहासंघ बेल्जियमका अध्यक्ष बाबुराजा लामा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहाल, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सचिव सचिव जानकी गुरुङले ल्होसारको शुभकामना मन्तब्य दिएका थिए।

कार्यक्रममा स्वागत मन्तब्य समाजका सदस्य आशा थोकर र सन्चालन महासचिब जोगमान तामाङले साथै साँस्कृतिक कार्यक्रमको सन्चालन सदस्य लालिङ तामाङले गर्रेका थिए ।

कार्यक्रममा नेपालबाट पाल्नुभएका जेष्ठ नागरिकदवय ८६ बर्षिय बुबा किताब सिंह तामाङ, ८० बर्षिय आमा दामु तामाङ र चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनबाट नवनिर्वाचित उपाध्यक्ष टासी लामा, महिला सचिव गोपि मोक्तान साथै नेपाल जनजाति महासंघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका बाबुराजा लामालाई संस्थाका संरक्षकद्वय अनिता तामाङ र भरत लामाले खादा लगाई सम्मान गर्नुभएको थियो।

आमन्त्रित नेपालका ख्यातिप्राप्त अथिती कलाकारद्वय लोक तथा दोहोरी गायक बिरु लामा र सेलो गायिका निर्मला घिसिङको बिशेष प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाएको थियो। अर्को तिर स्थानिय कलाकारहरु ईना लामा, प्रतिता तामाङ, लिलियम थापा, याना वाईबा, प्रथम लामा र प्रवेश लामाको बेजोड नृत्यले झनै आकर्षक बढाएको थियो।