७ माघ काठमाडौं।मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु भएको छ।मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होबेन्द्र बोगटीले जानकारी दिए।मकवानपुरको उत्तरी थाहा नगरपालिका ४ दामनस्थित एभरेष्ट होटलमा सोमबार बेलुका १५ जना भारतीय पर्यटक बसेका थिए।उनीहरुमध्ये मृत्यु हुने ८ जना एकै कोठामा सुतेका थिए।मंगलबार बिहान आठै जनाको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिं राठौरले जानकारी दिएका छन्।
मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रबिण, ३२ वर्षीया सरिया, ५ वर्षीया अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।मृतु हुनेमा २ पुरुष, २ महिला, २ बालिका र २ बालक रहेका छन् ।
भारत केरलाबाट उनीहरु सहित १५ जना सोमबार राती करिब ९ बजेको समयमा पोखराबाट दामन आइपुगेका थिए।दामन स्थित पानोरोमा रिसोर्टमा ४ वटा रुम बुकिङ गरेकोमा ८ जना १ वटा रुममा हिटर बाली सुतेको थिए।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...