HB Bhandari

कठिन ठाउँबाट जितेको छु काम धेरै गर्नु छ, यो त सुरुवात हो: ह्यारी भण्डारीको

Hollywood Khabar November 11,2018 Comments

कृष्ण के सी/अमेरिका

ह्यारी भण्डारीले आफ्नो बिजय पछि नोवेम्बर ११, २०१८ मा पहिलो पटक नेपाली डाइस्पोराका पत्रकार/संचारकर्मीहरुसंग औपचारिक टेलिकन्फ़्रेन्स गरे। ह्यारी भण्डारी अमेरिकाको मेरिलयाण्ड राज्यको डिष्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्स अर्थात तल्लो सदनमा निर्वाचित भएका हुन्।

उनको बिजयलाइ नेपाली समुदायले बधाई दिने क्रममा कसैले सिनेटर, कसैले के के भनेर उल्लेख गरेकोका थिए। सो कुरालाई प्रष्ट पार्ने क्रममा ह्यारीले आफू राज्यको तल्लो सदनको सदस्य जितेको बताए। यसलाई सजिलो रुपमा बुझ्दा नेपालको प्रदेश सभा सदस्य जस्तै बुझ्दा हुन्छ। हामी ४७ डिष्ट्रिकबाट १४१ जना हाउस अफ डेलिगेट्स हुन्छौ। आफनो काम भनेको त्यहाँ बनाइने ६ वटा विभिन्न कमिटीहरु छन्। ति मध्ये एउटा कमिटीमा हुने र संबन्धित कानुन बनाउने, संसोधन गर्ने नै हो, ह्यारीले भने।

तेसैगरी भण्डारीले कठिन ठाउँबाट जितिएको छ। आफ्नो निर्वाचनका कुरा पुरा पनि गर्नु छ, आफ्नो डेमोक्र्याटिक पार्टीको लागि थप कुरा पनि होलान, त्यसबाहेकक आफ्नो नेपाली समुदायमा बिशेष गरेर दोश्रो जेनेरेशनका लागि प्रेरणा दिनु पनि आफ्नो काम भएको बताए।

नेपाली मात्र होइन कुनै पनि आप्रवासीको कानुनी समस्या छन्। मेरो अधिकार क्षेत्रमा त्यो पर्दैन तर त्यसलाई आफ्नो क्षेत्रका सिनेटरसँग समन्वय गरेर पनि थुप्रै काम गर्न सक्ने कुरा उनले बताए। राज्यले दिने केहि सुविदाहरु छन्, मेरो अफिस पनि हुन्छ, मेरो औपचारिक पदग्रहण पछि अफिस उद्घाटन गर्छु। साथै नेपाली समुदायको लागि फोकस गर्न एकजना नेपाली कर्मचारी नै राख्ने कुरा पनि ह्यारीले बताए। काम गर्नु धेरै छन, यो त सुरुवात हो, सल्लाह, सुझाव र साथ दिनुहोस, के गर्न सकिन्छ त्यो गरौ, ह्यारीले भने।