Premdhoj Pradhan and Bhaktaraj Acharya, Outstanding Nepali Singers

२०७५ को वसुन्धराश्री प्रेमध्वज र मानश्री पुरस्कार भक्तराजलाइ

Hollywood Khabar April 19,2018 Comments

कृष्ण के सी/अमेरिका
वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुवसु क्षेत्रीको अध्यक्षतामा २०७५ बैसाख ७ मा बसेको बैठकले यस बर्ष प्रदान गरिने वसुन्धराश्री र मानश्री पुरस्कारको निर्णय गरिएको कुरा प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीद्धारा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्ति मार्फत हलिउडखबरलाइ प्राप्त भएको छ।

बिज्ञप्तिमा जनाइए अनुसार वसुन्धरा प्रज्ञाप्रतिष्ठानको २०७५ का लागि वसुन्धराश्री पुरस्कार विशिष्ट गायक प्रेमध्वज प्रधानलाइ र मानश्री पुरस्कार अर्का चर्चित गायक भक्तराज आचार्यलाइ प्रदान गरिने छ।

उहाँहरु दुबैले नेपाली गीतको गायनमा कालजयी योगदान प्रदान गर्नुभएका कारण यो पुरस्कारद्धारा सम्मान गरिएको कुरा समेत हलिउडखबरलाइ प्राप्त बिज्ञप्तिमा जनाइएको छ।