कृष्ण के सी/अमेरिका/१२/१८/१९
विगत १७ वर्ष देखि कानुनी पेशामा ब्यबसायीक वकालत गर्दै आएका बासु फुलाराको अर्को ल अफिस भर्जिनियामा खुल्ने भएको छ।
नेपालमा २००१ मा कानुनमा नेपाल टप गरेका बासु फुलाराले ३ बर्ष मात्र नेपालमा वकालत गरे। २००५ देखि अमेरिकाको इमिग्रेशन कानुनमा वकालत गर्दै आएका फुलाराले विगत आफ्नो जीवनका १७ वर्ष यो पेशा बिताइसकेका छन्।
फुलाराले न्यूयोर्कको टाइम्स स्क्वाएरमा २०१७ मा आफ्नो पहिलो सोलो ल अफिस सुरु गरेका थिए। उनले यस अघि क्यालिफोर्नियाको ओकल्याण्डमा अर्का इमिग्रेशनका ब्यबसायी खगेन्द्र जिसीसँग मिलेर ल अफिस खोलेका थिए। उसो त उनको नेपालको अनामनगरमा पनि सोलो ल अफस छ।
यो वर्षबाट उनले भर्जिनियामा पनि आफ्नै फुलारा ल अफिस सुरु गर्ने भएका छन्। हलिउडखबरका सल्लाहकार समेत रहेका फुलाराले आफ्नो भर्जिनिया ल अफिसबाट यहि डिसेम्बर २१, २०१९ देखि सेवा सुरु गर्ने कुरा बताए।
फुलारा नेपालमा कानुनको सर्वोत्कृष्ट नम्बर ल्याउने बिधार्थी पनि हुन्। उनले २००२ मा महेन्द्र बिध्यभुषण समेत पाएका थिए। २००६ मा भने अमेरिकामा डिन स्कलर सम्मान पाएका थिए। तर पनि फुलाराको जन्म भने नेपालको विकट जिल्ला डोटीमा भएको थियो।
फुलारा नेपाली मुलका अहिलेका जल्दा अमेरिकी अध्यागमनका कानुन ब्यबसायी हुन्। फुलारासंग हलिउडखबरले धेरै पटक अमेरिकी इमिग्रेशनको फोरम संचालन गरेको छ। टाइम्स स्क्वाएरमा अफिस खोल्नु कर्पोरेटको प्रतिस्पर्धामा एक तह माथि मानिन्छ।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु