-सांकेतिक तस्विर

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

Hollywood Khabar September 17,2019 Comments

१असोज, कञ्चनपुर।कञ्चनपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ मा ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका– १० का २६ वर्षीय रञ्जित रानाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइल सवार १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।बस र बसका चालक दाङ जिल्ला शान्ति नगरपालिका– ३ का ३६ वर्षीय रुपलाल खड्कालाई इप्रका झलारीले नियन्त्रणमा लिएको छ ।