-सांकेतिक तस्विर

दुईवटा बस ठोक्किँदा एकजना चालकको मृत्यु ,३० जना घाइते 

Hollywood Khabar May 17,2019 Comments

४ जेठ, हेटौंडा ।हेटौंडामा दुई वटा बस ठोक्किँदा एकजना चालकको मृत्यु भएको भने ३० जना घाइते भएका छन् ।काठमाडौंबाट हेटौंडा जादै गरेको ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाडौं जाँदै आउदै गरेको ना ७ ख २०५७ नम्बरको बस हेटौंडा-३ बसामाडीमा शनिबार बिहान ठोक्किएका हुन् ।दुर्घटनामा ना ७ ख २०५७ नम्बरको बस चालक उदयपुर बरही ६ का ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको  प्रहरी उपरिक्षक यज्ञबहादुर भट्टराइले जानकारी दिए ।