-बार्सिलोनाका नेपालीहरूको फिल्मी चासो छ माया छपक्कै हेर्नेहरूको भिड

बार्सिलोनाका नेपालीहरूको फिल्मी चासो छ माया छपक्कै हेर्नेहरूको भिड

Hollywood Khabar December 17,2019 Comments

भोला लामिछाने,यूरोप

डायस्फोरामा रहेर पनी नेपाली चलचित्रहरू एकपछी अर्को गर्दै हेर्न पाईरहेका छन्। नेपाली चलचित्र छ माया छपक्कै बार्सिलोनामा प्रदर्शन सगै यहाका नेपाली समुदायले यस्तो अबसर पाएका हुन ।

बार्सिलोनाको सिनेमा गिरोना हल भरियो सोचेभन्दा बढी दर्शक ओईरीए आयोजकहरू दंग परे। नेपाली समुदाय चलचित्र हेरेर धेरै खुसी देखीए । चलचित्रको कथा विषय वस्तु शिक्षा, समाजमा राजनैतिक विषय लाई लिएर पर्ने नकारात्मक प्रभाब सगै कलाकारहरूको बेजोड अभिनयले छ माया छपक्कै मसालेदार फिल्म बन्न सफल भयो। यस्ता खालका चलचित्रहरूको निर्माणले समाज लाई सकारात्मक दिशामा लग्ने बताउदै शिक्षाप्रत चलचित्र हेर्ने अबसर पाएकोमा सम्पु्र्ण चलचित्र कर्मी हरूलाई बधाई दिदै गान्धी रेष्टुरेन्ट संचालक दिनेश गिरीले उपस्थिति सबैलाई धन्यवाद व्यक्त गरे ।

चलचित्र हेर्न बार्सिलोनामा रहेका एन आर एन ए लगायत सबैजसो संघ संस्था का प्रतिनीधीहरूको उपस्थिती रहेको थियो । नेपाली मौलीकतालाई जोगाउन पनी हामीले नेपाली चलचित्र हरू लाई माया गर्नु पर्दछ कलाकर्मीहरूको सधै आफु सहयोगी भएको यूरोप उपसंयोजक मुक्त गरूडले बताए ।

चलचित्र हेर्न महिला दिदीबहिनीहरूको पनी निकै ठुलो उत्साहजनक भिडभाड देखीएको थियो । कामको ब्रेक पारेर आएका हौ सर एक जना महिलाले बताउदै फिल्म ले थकान नै बिर्साईदिएको बताईन् । फेरी पनी यस्तै चलचित्र हेर्ने आश पनी गरिन् ।