-NRNA:एनसीसी निदरल्यण्ड उपाध्यक्ष, नायीका बर्षा खड्का युरोप क्षेत्रको महिला संयोजक उम्मेद्वार

NRNA:एनसीसी निदरल्यण्ड उपाध्यक्ष नायीका बर्षा खड्का युरोप क्षेत्रको महिला संयोजक उम्मेद्वार

Hollywood Khabar September 21,2019 Comments

कृष्ण के सी/अमेरिका/९/२२/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालको लागि युरोप क्षेत्रको महिला संयोजकमा नायीका वर्षा खड्का उम्मेद्वार हुने भएकी छन्।

बर्षा खड्का नेपाली फिल्म इण्डस्ट्रिमा नाम चलेको नायिकाको मध्येमा पार्छिन। २०१० देखि एनआरएनएमा सकृय हुँदै आएकी खड्काले हलिउडखबरसँगको कुराकानीमा आफू युरोप क्षेत्रको महिला संयोजकमा उम्मेद्वार हुने कुरा बताएकी हुन्।

पुर्खौली भोजपुरे खड्का परिवारमा बर्षा खड्काको जन्म भने सुन्दर शहर धरानमा भएको हो। पछिल्लो समय काठ्माण्डौको सुकेधारामा बस्दै आएकी खडका २००८ देखि भने निदरल्यण्ड बस्दै आएकी छन। निदरल्यण्डमा उनको रेष्टरेण्ट ब्यबसाय थियो। अब अलि फरक ब्यबसाय गर्ने सोचमा रहेकी खड्का सामाजिक क्षेत्रमा बढी सकृय छन्।

करिब एक दर्जन जति नेपाली मुभीमा नायीकाको भुमिका गरेकी खड्काको पाकेटमार, लगायत चर्चाका मुभी छन्। तर धेरै चलेको चाहिँ दाजु-भाइ भन्ने मुभी हो। यसमा नायक श्रीकृष्ण श्रेष्ठ शिर्ष भूमिकामा छन। यस बाहेक ४०-५० वटा जति साना पर्दाका चलचित्र गरेको कुरा खड्काले हलिउडखबरसँग बताइन।२०१० मा एनआरएनए एनसीसी निदरल्यण्डको सदस्यमा अत्याधिक मतले जितेकी खड्का वर्तमान उपाध्यक्ष पनि हुन्।

२०१०/२०११ तिर निदरल्यण्डमा कुनै कला, धर्म संस्कृतिका गतिबिधि नै कम हुन्थे। कलाकार पनि जर्मनी र नेपाल लगायतबाट लिएर आउनु पर्ने थियो। आफूले सुरु गरेको फाउण्डेशन र एनआरएनए एनसीसी निदरल्यण्डको पहलमा बिकास गरेको स्थानिय कला क्षेत्रले ऐले राम्रो फड्को मारेको छ। यहाँ नै स्थानिय कलाकारहरु जन्मेका छन्। यति मात्र होइन ऐले त थुप्रै इभेन्ट पनि हुन्छन। यो नै धेरै मध्ये आफ्नो कामको सबै भन्दा ठूलो उपलब्धि जस्तो लाग्छ, खड्काले भनिन।

हुन त यो कला क्षेत्रबाट आउने व्यक्तिलाइ धेरैले चिन्छन। तर पनि त्यो मात्रले महिला बिकास बिकास भने भएको होइन। आफू कलाकार मात्र नभएर एउटा गैरआवासीय नेपाली, त्यसमा पनि यो युरोप क्षेत्रका महिलाहरुका लागि फरक रुपमा योगदान गर्न नै यो पटक युरोप क्षेत्रको महिला संयोजकमा उम्मेद्वार हुने निर्णय गरेको कुरा उनि बताउँछिन।

अब ऐले नेपालमा जस्तो यो युरोप क्षेत्रमा महिला अधिकार, हिँसा जास्ता आधारभूल कुराको मुद्धा होइन। युरोप क्षेत्रको महिला संयोजक पदमा जाँदै गर्दा नेपालका महिलाको उत्थान गर्छु भन्ने एजेण्डा पनि होइन। केवल यो क्षेत्रका महिलाहरुको नेतृव विकास, ब्यबसायिक महिला र सँस्थाहरुमा लिडर्शिपको लागि अगाडि आउने भन्ने मुख्य मुद्धा हो। म त्यसैको लागि प्रयास गर्छु। अनि आइसीसीको महिला संयोजक संग मिलेर कम्तिमा केहि प्रोजेक्ट नेपालमा पनि गर्ने योजना छ। म आफू त्यसैको लागि नै युरोप क्षेत्रको महिला संयोजकमा उम्मेद्वार हुन अगाडि आएकी हुँ, खड्काले भनिन।