प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यालय

अविरल बर्षाका कारण आएको बाढी–पहिरोमा घाइते हुनेहरुको सम्पूर्ण उपचार सरकारले गर्ने

Hollywood Khabar July 13,2019 Comments

२९असार,काठमाडौं।देशमा केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा घाइते भएकाको उपचारको सम्पूर्ण व्यबस्था सरकारले मिलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नौ सो निर्णय गरेको हो । साथै बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्कालका लागि आवश्यक रातह कार्यहरू तदारुक्ताका साथ गर्ने निर्णय पनि गरेको छ ।

बैठकले देशमा विभिन्न भागमा हाल सम्म ५१ जनाको मृत्यु भएको र ३१ बेपत्ता तथा २८ जना घाइते भएको उल्लेख गदै दुखद घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै बाढी पहिरोको घटना लगतै उद्धार, हेरविचार, राहत वितरण उचार सेवा लगायत समाचार सम्प्रेषण गर्ने सबैलाई सरकारका तर्फबाट हार्दिक धन्यवाद दिने निर्णय गरेको छ ।