वर्षा र बाढीको वितण्डा:अहिलेसम्म २१ को मृत्यु, १० घाइते, १० बेपत्ता

0
shares

by editor (editor@gmail.com) | Updated: 12 Jul 2019

120 views
तस्बिर वेब

२८ असार, काठमाडौं।अविरल वर्षासँगै बाढीपहिरोका कारण शुक्रबार २१ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका अनुसार १० जना घाइते भएका छन्। शनिवार बिहान ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले बाढी पहिरोमा परी अहिलेसम्ममा १० जना बेपत्ता भएको जनाएको छ।

बेपत्ताको खोजी जारी राखेको प्रहरीले बताएको छ। यो अवधिमा ५० जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट जनशक्ति, स्रोत साधन परिचालन गरी उद्धार जारी राखेको प्रहरीले जनाएको छ।