२ फागुन,काठमाडौं।करिब ७ वर्ष प्रेमसम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले प्रेम दिवसको दिन बिवाह गरेका छन्। वर्षा र सन्जोगले आज काठमाडौँको एक होटलमा पारिवारिक सदस्यको उपस्थितिमा हिन्दु परम्परा अनुसार दुवैले विवाह गरेका हुन् ।वर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने सन्जोग चलचित्र सँगै व्यवसायमा सक्रिय रहेका छन्।
प्रेम दिवसमा अभिनेत्री वर्षा राउत र संजोग कोइरालाको बिहे गरे
