https://www.youtube.com/embed/virovnC-J8I

-मदन दिपविम बस्नेतको यो फोटो कृष्ण के सीले उहाँको निवासमा २०१४ मा लिएको

वरिष्ठ संगीतकार मदन दीपबिमको निधन-न म नेपाली नै रहें, न बिदेशी नै भएँ-उहाँको अन्तिम संगीत

Hollywood Khabar April 21,2019 Comments

सोनी शर्मा/१० बैशाख/काठमाण्डौं

वरिष्ठ गीतकार, संगितकार तथा गायक मदन दीपबिम बस्नेतको निधन भएको छ।

सोमबार राती हृदयघातका कारण अमेरिकाको सान फ्रान्सिस्कोमा दीपबिमको निधन भएको पारिवारिक श्रोतले जनाएको हो।

बस्नेत आफ्नी श्रीमतीसँग सान माट्यो शहरमा बस्दै आएका थिए। करिब ३२ दिन देखि हृदयघात भएपछि उनलाई सान म्याट्यो अस्पतालमा भर्ना गरिएको थियो।

दीपबिमले लेखेका र संगीत गरेका के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो, सुरिलो भन्नु सल्लै हो लगायत धेरै गीत चर्चित छन्। केही समय रेडियो नेपालमा र म्यूजिक नेपालमा समेत काम गरेका दीपबिमको बिवाह गायिका शिवा बस्नेतसँग भएको थियो।

रेकर्ड गरेर ल्याउन तयारी गरिएको गीत-“न म नेपाली नै रहें, न बिदेशी नै भएँ, चन्द्र सुर्य झण्डाबीच न आफूलाई अटाएँ- कृष्ण के सी/हलिउडखबर संचालकको शब्द र निर्मल फुंयालको स्वरमा रहेको यो गीत नै बस्नेतको अन्तिम संगीत भरिएको गीत हो।

यो गीतलाइ अप्रिल २०, २०१९ मा हलिउडखबरद्धारा आयोजित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको उम्मेद्वारहरुको डिबेटमा प्रस्तुत् गर्ने तयारी गरिएको थियो। बस्नेत बिरामी भएकोले गर्दा सो कार्यक्रममा उहाँप्रति स्वास्थ्य लाभको कामना गर्दै गीतलाइ संगीत गर्दाको समयमा रेकर्ड गरिएको एक टुक्रा प्रस्तुति गरिएको थियो। २०१४ मा लगभग तयार भएर कुनै कारणवास थन्किएको यो गीत २०१९ मा फाइनल गरेर रेकर्ड हुँदै थियो।