साङ्केतिक तस्बिर:साभार वेब

बाँकेमा माईक्रो दुर्घटना, १२ को मृत्यु, २१ गम्भिर घाइते

Hollywood Khabar May 30,2020 Comments

१९ जेठ बाँके।पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ठुरिया जंगलमा हाइस गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।नेपालगञ्जदेखि सल्यान जादै गरेको ना ५ ख ५९९५ नम्बरको माईक्रोबस (हाइस) गाडी रोकि राखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा १२ जनाको घटनास्थलमै मृत्यु भएको हो।भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु राती सवा १२ बजे दुर्घटनामा परेको ५ नं. प्रदेशका डिआईजी रविन्द्र बहादुर धानुकले जानकारी दिए। 

दुर्घटनामा २१ जना घाइते भएका छन्।घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ।मृतक १२ जनाको शव भेरीमा ल्याइएको छ।आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिएको थियो।