Bandhu Pokhrel

बॉझो राखेर गाउँमा भएका खेत बारी परदेशमा पसिना झार्दै गर्दैछु रोजगारी

Hollywood Khabar December 02,2018 Comments

बन्धु पोख्रेल
बॉझो राखेर गाउँमा भएका खेत बारी
परदेशमा पसिना झार्दै गर्दैछु रोजगारी ।

भाषण गर्छन नेताहरु मैले ठोक्छु ताली
देश बिगार्ने नेता भन्दै गर्छु आफै गाली ।

चुनाबमा सहि नेतामा देख्छु खोंटै खोंट
मिठो कुरा मोटो रकम पाए दिन्छु भोट ।

कर तिर्ने बानी छैन भन्सार छली ब्यापार
आफू कमाउ देश डुबाउ जीवनको सार ।

नजराना नचढाई देख्दिन काम पाको
भ्रष्टाचार भयो भन्छु गर्दै ठूलो डॉको ।

देख्छु खोंट अरु सबमा आफू मात्र चोखो
भन्ने गर्छु देश बनाउने मेरो छ है धोको ।

प्रसंसा पाए रमाउँछु अरुलाई गर्छु गाली
म मात्र त हुँ नि हजुर एक सच्चा नेपाली ।