NRNA: बंदिता दाहाललाइ १५ दिने पत्र अध्यक्ष डा पौडेललाइ मुद्धाको खतरा

Hollywood Khabar April 15,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष डा केशब पौडेल बिरुद्घ २०१५ को निर्वाचनमा न्याय नभएको भन्दै ९ जना व्यक्तिहरुले टेनेसी अदालतमा मुद्धा चलाएका थिए। त्यो मुद्धाको फैसला त भयो तर पनि २०१७ को निर्वाचनमा अध्यक्ष डा केशब पौडेल दोश्रो कार्यकार्यकालमा आकांक्षी हुँदैगर्दा उहाँलाइ फेरि पनि सोही प्रकृतिको नक्कली मतदाता बनाएको, सहि मतदाताहरुको इमेल नक्कली बनाएर इमेल डाइभर्ट गरेर त्यो मत आफैंलाइ खसालेको, धेरै मतदातालाइ बिना आधार हटाएको, एकलौटी रुपमा संघको एक्सेस लिएर मनोमानी रुपले काम गरेको, साधारण सभाको निर्णयलाइ अटेर गरेको जस्ता एक दर्जन जति आरोप लागेका छन्। यस बाहेक संस्थालाई लज्जास्पद रुपमा लगेको, बिरोध गर्ने कार्यसमिति सदस्य र साधारण र आजीवन सदस्य समेतलाइ धम्क्याएर पत्र काटेको जस्ता दर्जनौ कुराको संघ भित्र र बाहिर सर्वत्र खुलेआम बिरोध भएकै छन्।

यसबाहेक अध्यक्ष डा पौडेलले मानव तस्करी गरेको भन्ने एउटा पत्र सहित चरम रुममा बजार पिटिएको अवस्थामा सो बिरोध गर्ने धेरै मध्य न्यूयोर्क तिरका एकजनालाई १५ मिनेटको गोप्य भेटमा मुनाफाको सिक्रीले चुप बनाइयो भन्ने आरोप पनि लागेको छ। तर कुनै प्रमाण र कारण बाहिर नआएता पनि उहाँ एक्कासी चुप लागेको भने पक्कै हो।

गत निर्वाचनमा संघको २०१५-२०१७ कार्यकालकी उपाध्यक्ष रबिना थापाले २०१७-२०१९ कार्यकालका लागि अध्यक्षको प्रत्यासी हुँदैगर्दा उहाँ लगायत थुप्रै उम्मेदवारहरुलाई नियोजित रुपमा हराइयो भन्ने आरोप छ। दर्जन भन्दा धेरै कारण जबरजस्ती हराइएको कुरा सार्वजनिक भएको मात्र होइन थापाले निर्वाचन पश्चात आयोजित आकस्मिक साधारण सभामै डा पौडेललाइ सो कुराको चुनौती दिंदा अध्यक्ष डा पौडेलले कुनै जवाफ दिन नसकेको कुरा सबै सामु प्रष्ट नै छ। डा पौडेलले हरेक क्षेत्रमा पेलेरै लान थालेपछि अन्तत बिषयले अदालती बाटो अपनाएको छ।

अदालत जानुपूर्व रबिना थापाले २०१५-२०१७ को निर्वाचन प्रमुख बंदिता शर्मा दाहाललाइ संघको गत निर्वाचनसंग संबन्धित बिषयलाई लिएर आफ्नो कानुन ब्यबसायी/प्रतिनिधि मार्फत १५ दिन भित्र जवाफ दिन माग गर्दै पठाउनु भएको पत्र हलिउडखबरलाइ प्राप्त भएको छ।

यदि १५ दिन भित्र मागिएका कुराहरुको जवाफ सहि र उपयुक्त रुपमा नआए थापा अदालत जाने कुरा पत्रको अन्तिम भागमा लेखिएको बाक्यले उदृत गर्दछ। यो पटक सबै कुराको अनुसन्धान र हरेक कुराको प्रमाण सहित अगाडि बढ्नु भएकी थापाको यो कदमले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरका सम्पूर्ण गैरआवासीय नेपालीहरुको हितार्थ र उनीहरुको लागि काम नगरेमा, बिगतको कर्तुत सबै कानुनी रुपमा न्याय हुने गरी नल्याएमा, संस्थाको सभा, बिधान-नीति बिधि अनुरुप नचलेमा संघ नै ठप्प हुने भएको छ। यति मात्र होइन अदालत, एफबिआइ लगायत न्याय र कारवाहीका लागि संभावित सम्पूर्ण ढोका पुग्न तयारी भैसकेको कुरा रविना थापाले हलिउडखबरलाइ बताउभयो।

यसबाट संघले आयोजना गरेको भनिएको साधारण सभा र सोही निर्वाचन प्रक्रियाबाट संघको क्षेत्रीय संयोजक बन्नुभएका गौरी जोशीको संयोजनमा हुने भनिएको अमेरिकाज क्षेत्रको बिज्ञ सम्मेलन समेत कानुनी रुपमा नै ठप्प पार्न सम्पूर्ण तयारी भैसकेको कुरा थापाले बताउनु भयो।
पत्रको प्रति: