-बन्धुहित बचत तथा ॠण सहकारी सँस्था लिमिटेड

बन्धुहित बचत तथा ॠण सहकारीको १० औं वार्षिक सभा सम्पन्न, नवराज संजेल अध्यक्ष

Hollywood Khabar December 11,2020 Comments

गोदावरी, ललितपुर/२०७७/०८/२७ शनिबार

ललितपुरको गोदावरीमा संचालित बन्धुहित बचत तथा ॠण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सञ्जेल बन्धुहरुको आर्थिक तथा ब्यवसायिक उन्न्नतिको लागि सुरु गरिएको यो बचत तथा ॠण सहकारी स्थापना भएको १० बर्ष पुगेर ११ बर्षमा प्रवेस गरेको छ। करिब एक करोड कारोबार रहेको सहकारीमा २७६ परिवारको प्रतिनिधि सदस्य रहेका छन्। यो सहकारीको कार्यक्षेत्र नेपाल भरका सञ्जेल बन्धु समाज हो।

सन्जेल बन्धु समाजका अध्यक्ष गणेश्वर सन्जेलको प्रमुख आतिथ्यमा सम्पन्न सभाले नवराज सञ्जेलको अध्यक्षतामा नयाँ नेतृव समेत निर्वाचित गरेको कुरा निर्वाचन समितिका संयोजक गोपाल सन्जेलले जानकारी दिनु भएको छ।

निर्विरोध निर्वाचित कार्यसमिति

  • अध्यक्ष : नवराज सञ्जेल, इकुडोल
  • उपाध्यक्ष:ज्ञानेन्द्रप्रसाद सञ्जेल ,ढोलाहिटी
  • सचिव : पार्वती सञ्जेल, शंखु
  • कोषाध्यक्ष : रमेश सञ्जेल, चापागाउँ
  • सन्चालक सदस्य:तारादेवी सञ्जेल,चापागाउ
  • सन्चालक सदस्य:तुलसीप्रसाद सञ्जेल,इकुडोल
  • सन्चालक सदस्य:मुकुन्द सञ्जेल,काठमाडौ
  • सन्चालक सदस्य:कुमार सञ्जेल,झापा
  • सन्चालक सदस्य:विष्णुप्रसाद सञ्जेल,दलचोकी
  • सन्चालक सदस्य:राजुप्रसाद सञ्जेल,मकवानपुर
  • सन्चालक सदस्य:निर्मला सञ्जेल,काठमाडौ
  • लेखा तथा सुपरिवेक्षण समिति संयोजक : राजु सञ्जेल,चापागाउँ
  • लेखा तथा सुपरिवेक्षण समिति सदस्य: अर्जुन सञ्जेल, शंखु
  • लेखा तथा सुपरिवेक्षण समिति सदस्य:फणीन्द्रनाथ सञ्जेल, बुखेल