-तस्बिर साभार वेब

बनमौरीले टोक्दा तीन वर्षीय बालकको मृत्यु ,५ जना बिरामी 

Hollywood Khabar November 19,2019 Comments

५ मंसिर, काठमाडौं ।सर्लाहीमा बनमौरीले टोक्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने ५ जना बिरामी भएका छन्।मुसैलीस्थित बाँसघारीमा रहेको माैरीलेटोक्दा बुधबार साँझ स्थानीय  तीन वर्षीय बालक किसनकुमार रायको मृत्यु भएको हो भने  ३५ वर्षीया चिन्तादेवी राय, उनका छोरा चार वर्षीय रविकुमार राय, स्थानीय २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो बिरामी भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।बाँस घारीमा रहेको जंगलीमौरीलाई बालबालिकाले ढुंगा हानेर जिस्क्याएपछिमौरीले आक्रमण गरेको थियो।