-सांकेतिक तस्विर

बम बनाउँदै गर्दा पड्केर २ जना घाइते

Hollywood Khabar May 18,2019 Comments

६ जेठ, पर्वत ।पर्वतमा बम बनाउँदै गर्दा पड्केर  २ जना घाइते भएका छन्।घाइतेमध्ये  १ को अवस्था गम्भीर छ ।पर्वतको बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गरेको पाइप बम पड्केर छविलाल घर्ती र समीर राना घाइते भएका भएका छन् ।

घाइतेमध्ये घर्तीकाे अवस्था गम्भीर रहेको पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।विस्फोटबाट गम्भीर घाइते घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घर्तीले बनाएको बम विस्फोट हुँदा नजिकै रहेका १६ वर्षीया किशोर समीरा राना घाइते भएका छन् ।घर्तीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।