बालुवा खनेको खाल्डोमा डुबेर दुइ जनाको मृत्यु

0
shares

by Soni Sharma | Updated: 12 Aug 2019

140 views
-सांकेतिक तस्विर

२८ साउन, नुवाकोट।बालुवा खनेको खाल्डोमा डुबेर दुइ जनाको मृत्यु भएको छ। नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवास्थित कोल्पुखोला किनारमा निकालिएको बालुवाको खाल्डोमा परेर स्थानीय १३ वर्षीया बिनीता बलामी र सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको हो।खेल्न गएकी बालिका बिनीता बलामी डुबेपछी उनलाई बचाउन जाँदा  लक्ष्मीको पनि मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।