बालिका जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

0
shares

by editor (editor@gmail.com) | Updated: 18 Jul 2019

194 views
साङ्केतिक तस्बिर ;साभार वेब

३ साउन तनहुँ।पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।रिसिङ–१, घर भई हाल व्यास ७ पल्लो नरंगा बस्दै आएका १९ वर्षीय नवीन थापाले छिमेकी बालिकामाथि जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लिलाराज लामिछानेले बताउनुभयो।

घरमा खेल्दै गरेको अवस्थामा बालिकालाई फकाएर थापाले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ।घटनालगत्तै पीडित बालिकाले हजुरआमालाई आफूमाथि भएको घटनाबारे जानकारी गराएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए। 

पीडित बालिकाको दमौली अस्पतालमा उपचार भइरहेको छ।पक्राउ परेका थापाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद लिइएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो।