तस्बिर वेब

बालिका बलात्कारको अभियुक्तलाई २५ वर्ष कैद फैसला !

Hollywood Khabar March 19,2019 Comments

६ चैत्र काठमाण्डौं। जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले ३ वर्षे बालिका बलात्कारको अभियुक्त मदन भनिने भरत गौतमलाई २५ वर्ष कैद तथा पीडितलाई क्षतिपूर्तिवापत रु एक लाख भराउने फैसला गरेको छ।३ वर्षे बालिका बलात्कारको अभियुक्तलाई रुकुमकोट जिल्ला अदालतले सो सजायको फैसला गरेको हो।

जिल्ला न्यायाधीश भुसालको इजलासले सिस्ने गाउँ पालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको हो।साथै पीडितलाई रु १ लाख क्षतिपूर्ति भराइदिने फैसला गरेको अदालतले जनाएको छ।