साङ्केतिक तस्बिर ;साभार वेब

बालिकाको सामूहिक बलात्कार गर्ने दुई यूवा फरार

Hollywood Khabar June 13,2019 Comments

३१ जेठ राजविराज।शौच गर्न रातको समयमा घरबाट बाहिर गएकी १६ वर्षीया एक बालिकालाई छिमेकमै रहेका युवाहरुले सामूहिक बलात्कार गरेका छन्।ट्याक्टरमा काम गर्ने दुई युवकले घरबाट ५ सय मिटर टाढा एकान्त बगैंचामा लगेर सामूहिक बलात्कार गरेका हुन्।बालिकालाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मो. इद्रिस र अर्का १५ वर्षीयमाथि प्रहरी समक्ष उजुरी दिएको छ।

शौचालय गएकी छोरी अवेरसम्म कोठामा नफर्केपछि खोज्दै गएका पीडितका बुवाले टर्च बालेपछि दुवैजना फरार भएको बताइएको छ।इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी महेन्द्रकुमार मिश्रा अनुसार दुवैजनाको खोजी कार्य भइरहेको छ।पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण समेत गरिएको थियो।