साङ्केतिक तस्बिर ;साभार वेब

बालविवाहको आरोपमा दुलाहा र दुलहीसहित चार पक्राउ

Hollywood Khabar July 11,2019 Comments

२७ असार,सल्यान।जिल्लामा बालविवाह गरेको आरोपमा प्रहरीले दुलाहा र दुलहीसहित चार जनालाई पक्राउ गरेको छ। शारदा नगरपालिका–४ पिपलनेटा निवासी १८ वर्षीया दुलाही र १७ वर्षीय दुलाहा, दुलाहाकी आमा र विवाहमा सहभागी पण्डितलाई  पक्राउ गरिएको हो। बिहीबार बालविवाह हुन लागेको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए। 

घटनामा संलग्न ६६ वर्षीय पण्डित अशोक गौतमलाई नियन्त्रणमा लिइएको उनले बताए। आरोपित सबैलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहीले बताए। यसअघि पनि स्थानीयको सहयोग र प्रहरीको सक्रियतामा बालविवाह रोकिएको थियो।