-सुवेदार बल बहादुर खडका

विश्व युद्ध समेत ४ वटा युद्ध लडेका ९७ बर्षीय खडका अझै युद्ध लड्न तयार

Hollywood Khabar March 25,2020 Comments

कृष्ण के सी/अमेरिका/पहिलो पटक प्रकाशित ८/१५/२०१८

संसारका आर्मीहरु एउटै स्वभावाका हुन्छन। बिरता उनीहरुको शान हो, बहादुरी उनीहरुको दैनिकी, प्रराक्रम एउटा दिनचर्या, देश उनीहरुका लागि मुटु हो। देशका नागरिकको सुरक्षा उनीहरुको लागि ज्यान भन्दा प्यारो हुन्छ। फौजीहरुको यहि स्वभाव, काम र कर्तब्यका कारण हरेक देशका नागरिकहरुले आरामले सुत्न पाउँछन। ड्यूटीमा रहंदा मात्र होइन उनीहरु रिटायर्ड भएर पनि त्यस्तै स्वभावका हुन्छन। पर्दा र रि-कल हुँदा अर्को एउटा विश्व युद्ध लड्न पनि तयार हुन्छन।


**Current Time Picture
बिगत लगभ डेढ दशक देखि चिनेको एक जना व्यक्तिले नेपालमा जाँदा आफ्नो बुबाको सैनिक जीवनको कथालाइ भिडियो अन्तर्वार्ता जस्तै गरेर फेसबुकमा पोस्ट गरेको हेरे। मलाइ त्यो कुराले मन छोयो। अनि अलिकति थप जानकारी मागेर, भिडियो पनि हेर्दै एउटा जिवन्त कथा तयार गर्ने प्रयास गरे। यो एउटा व्यक्तिको जीवन होला तर धेरैलाई आवश्यक शिक्षा पनि हुन सक्छ भन्ने मेरो विश्वास छ।

बिक्रम संवत १९८१ साल चैत्र १३ मा रुकुम जिल्लाको मुसिकोट, सारु चौर गाउँमा जन्मनु भएका बल बहादुर खडका हाल ९७ बर्षको हुनुहुन्छ। सुरुमा १९४३ मा ब्रिटिश गोर्खा सेनामा भर्ति हुनुभएका खड्का १९४७ मा भारतको स्वतन्त्रता पछि भारतीय सेनामा रहनुभयो। करिव ३५ बर्षे लामो फौजी जीवन पछि १९७८ मा रिटायर्ड हुनु भएका इण्डियन आर्मी सुबेदार खड्का हाल नेपालगंजमा बस्नुहुन्छ।

उसो त सुवेदार खड्काले चार वटा ठूला युद्ध लड्नु भएको हो। दोश्रो विश्व युद्धमा जापान र जर्मनसंग, पूर्वी पाकिस्थानसंग, नागा मेजुहरुसंग र १९६२ मा चाइनासंगको युद्धमा भारतीय सेनाबाट लड्नु भएको हो। युद्ध भने पछि अरुलाई कुनै पनि किसिमले हराउनु अन्यथा आफैं सखाप हुने कुरा हो। ति हरेक युद्धको आफ्नै खाला सम्झना छ रिटायर्ड सुवेदार खड्कासंग। ति सबै भन्दा धेरै दु:ख लाग्दो सम्झना भने चाइनासंग भएको युद्धको छ।

चाइनासंगको युद्धमा उहाँको ट्रुपमा कमाण्ड समेत १३४ जना थिए। घमासान युद्धभयो, मर्ने र मार्ने क्रम खुवै चल्यो। अन्तमा ट्रुपमा ७ जना मात्र बाँचे। तिनै सातजना मध्येका एकजना हुनुहुन्छ सुवेदार खडका। त्यो चोट उहाँलाइ अझै पनि छ। एउटा फौजीको लागि १३४ जनाको युद्ध दस्तामा ७ जना मात्र बाँच्नु अरु सबै मारिनु भनेको एकदमै पिडाको कुरा हो। युद्ध हार्दा एउटा घृणाबोध त हुन्छ नै तर आफ्नै साथी आफ्नै अगाडी मारिन्छ अनि आफ़ो लड्नमा ब्यस्त हुन्छ त्यो भने पिडाको कुरा हुन्छ, उहाँले भन्नुभयो।

ऐले पनि ९७ बर्षको उमेरमा जवान फौजी जस्तै तन्दुरुस्त खड्का भारतको फेरि पनि युद्ध पर्यो, रिटायर्डहरु बोलायो भने फेरि पनि युद्धमा जान तयार हुनुहुन्छ। उसो त सुवेदार खड्काको दैनिकी अझै पनि बदलिएको छैन। बिहान सधै ४:३० बजे उठ्नु हुन्छ। नित्य कर्म पछि, संख-घण्टा बजाएर पूजापाठ गर्नुहुन्छ। कालो चिया पिउनुहुन्छ। मौसम सफा हुँदा जय श्रीराम, जय श्रीराम भन्दै फौजी पारामा मर्निङ्ग वाक गर्नुहुन्छ। ८:३० बजे बिहानको नास्ता खानुहुन्छ। ११:३० मा लन्च खाएर थोरै आराम पछि १२:३० मा एक छिन सुत्नुहुन्छ। २:३० मा दिउँसोको नास्ता खानुहुन्छ अनि साँझ ८:३० मा डिनर खाएर सुत्नुहुन्छ।

उहाँको खान सबै स्वस्थ र लाइट खालका हुन्छन। बिहान भात र सांझ रोटी खाने चलन ५०/६० बर्ष देखिको हो। रिटायर्ड पछि सामान्य सुगर लागेता पनि खान र ब्याबम एकदमै फौजी पारामा चल्ने बानीले उहाँ तन्दुरुस्त हुनुहुन्छ। उहाँकी श्रीमतीलाइ ऐले घडी नै चाहिंदिन। सुरु-सुरमा हेर्नुपर्थ्यो तर ऐले भने ठ्याक्क बानी परेको छ।

दुइ छोरा र दुइ छरीकीका पिता सुवेदार खडकाका थुप्रै नाती-नातिनी र तिनका पनि सन्तान छन् तर पनि बानी, स्वभाव र दैनिकी अझै जवान फौजीको छ। सुरुमा आफु बच्चा हुँदा खड्काको घडिमा चल्ने बानी र ट्याक्क भनेकै जस्तो सबैले गर्ने पर्ने फौजी शाशनको बिरोध गर्ने छोरा-छोरी ऐले भने घरमुली भनेको तेस्तै हुनुपर्छ भनेर खुसी हुनुहुन्छ।

होइन भने त रिटायर्ड सुवेदारले आफ्नो रिटायर्ड डिएसपी छोरालाइ समेत “पाजी” भनेर गाली गर्नुहुन्छ। उहाँका परिवास सदस्यका अनुसार “पाजी” शब्द उहाँको सबै भन्दा बढी प्रयोग हुने शब्द हो।