उनी मेरी बलात्कृत दिदी

Hollywood Khabar August 12,2018 Comments

सौरव बानिया

सधै मुस्कुराउने उनी
आज हासो बिहिन छिन
आँखामा ठुला सपना सजाउने उनी
तै आँखाले अन्धकार महसुश गर्दै छिन
सधै कलकल बग्ने नदि झैँ उनी
मरभुमीमा पछारिएको माछो जस्तो भएकी छिन
उनी - उनी मेरी बलात्कृत दिदी

बाबाकि आँखाको तारा उनी
समाजको नजरको तारो बनेकी छन्
आमाकि प्यारी सानी  छोरी उनी
तेही समाजका लागि उत्तौली भएकी छन्
भाईको लागि आदर्श उनी
आज आफ्नै नजर बाट गिरेको झैँ भएकी छन्
उनी- उनी मेरी बलाकृत दिदी

बाबाको हरेक लुगा चट्ट पारि आइरन लाइदिने उनी
आफ्नो च्यातिएको चोलो हत्केला टालदैछिन
रोपाइमा हिलो लागेको आमाको फरिया धुने उनी
आफ्नै गुनियोको रगत नापुछी बसेकी छिन
अन्याए सहनु हुन्न भन्ने उनी
आफुलाई नै दोषी मानेर कुण्ठित हुदै छिन
उनी- उनी मेरी बलात्कृत दिदी

म सोच्छु के साचै दोषी हुन् उनी ?
दोष छ त्यो  त्यो समयको
समय, जसले गर्दै बैशालूं भईन उनी
अथवा दोष छ त त्यो नपुंशकको
जसको सिकार बन्न पुगिन उनी
अनि आफ्नो कुमरित्तोको बलि चडाईन
उनी-उनी  मेरी बलात्कृत दिदी

आज न्याएको खोजिमा छिन उनी
त्यो पुरुषरुपी नपुंशक विरुद्ध
ज्युदै आग्नि परिक्षा दिएकी उनी
फेरि सीता बन्ने तयारीमा छिन
समाजको नजरमा दलदल मै भासिएकी उनी
कुनै दिन अवश्य ध्रुब तारा बन्ने छिन
उनी-उनी मेरी बलात्कृत दिदी