२९ पुस, काठमाडौं ।बिरामी निको पार्छु भन्दै युवती बलात्कार गर्ने चर्चका पाष्टर पक्राउ परेका छन्। प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ललितपुरको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशीलाइ पक्राउ गरेको हो।महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङले चर्चमा नियमित आइरहने एक महिलाले आफुलाइ चर्चका पाष्टरले उपचार गर्छु भन्दै बलात्कार गरेको उजुरी दिएपछि जोशीलाई सोमबार साँझ पक्राउ गरिएको बताए ।
पाष्टरले आफूसँग यौन सम्पर्क राखे रोग निको हुने आश्वसन देखाएर ती महिलालाई जबरजस्तीकरणी गरेको महिलाले उल्लेख गरेकी छन्। महिलाले सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै चर्चका पाष्टरले धम्की दिएको भन्दै पछिल्लो पटक चापागाउँको एक गेष्ट हाउसमा बोलाएर उनले जबरजस्तीकरणी गरेको पीडितले दिएको जोहरीमा उल्लेख गरिएको छ ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...