-तस्विर वेव

बाँके काण्डलाई लिएर कांग्रेसले रोस्टम घेरेपछि संसद बैठक स्थगित 

Hollywood Khabar September 15,2019 Comments

३० भाद्र,काठमाडौं। नेपाली कांग्रेसले रोस्टम घेरेर नारावाजी गरेपछि स्थगित भएको संसद बैठक बुधबार ११ बजे बस्ने भएको छ।यसघि पनि प्रमुख प्रतिपक्षले बाँके प्रकरणलाई लिएर संसद बैठक अवरुद्द गर्दै आएपछि नेपाली कांग्रेससँगको सहमति  प्रतिनिधि सभा बैठक सुचारु भएको थियो।बाँकेको घट्नलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले खजुरा १का वडा अध्यक्ष सुमन मल्ल बिरुद्ध जाहेरी दर्ता भएपछि बैठक संचालन भएको थियो।

बैठक सुचारु भए पछि कांग्रेस सचेतक पुष्पा भुसालले बोले पछि नेकपा सांसद नन्दलाल रोकाले आपत्ति जनाएपछि कांग्रेसले सदन अवरुद्ध पारेको थियो।सांसद रोकाले आफुहरु आन्दोलन गर्न समेत तयार रहेको जनाउँदै वडाअध्यक्ष मल्ललाई कारवाही गर्न नपाउने र घट्ना अनुसन्धान गर्न समिति बनाउने माग गरेपछि कांग्रेसले रोस्टम घेरेर नारावाजी गरेको थियो।