साङ्केतिक तस्बिर:साभार वेब

बझाङ खप्तडछन्ना पौवागढी केन्द्रबिन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प

Hollywood Khabar November 18,2019 Comments

३ मंसीर बझाङ।बझाङको खप्तडछन्ना गाउँपालिका–१,पौवागढी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आज मंगलबार बेलुकी ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको हो।भूकम्पको धक्का बझाङलगायत सूदुर पश्चिम प्रदेशका अरु जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । 

त्यस्तै प्रदेश ५ का बर्दिया, दाङलगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।भूकम्पबाट क्षति भने नभएको खप्तडछन्ना गाउँपालिका-१ का वडाअध्यक्ष हिक्मत खत्रीले जानकारी दिनुभयो ।