-नेकां नेता प्रकाशमान सिंह

बैशाखमा चुनाव हुनेसक्दैन, नेकां नेता प्रकाशमान सिंह

Hollywood Khabar January 08,2021 Comments

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारले वैशाखमा तोकेको चुनाव हुन नसक्ने कुरा बताएका छन्।संसद बिघटनको चरणवद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले शनिबार देशका ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ।

जनवरी ९, २०२१ शनिबार सरकारले गरेको संसद बिघटनको कदमलाई नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा ठोकुवाका साथ गरेका हुन्। दुई तिहाईको दाबी गर्ने सरकारले संसदको विश्वासको मत लिन नसक्ने अनि कसरी जनमत लिएर चुनाव गर्न सक्छ भन्ने प्रश्न राखे। त्यसैले चुनाव होइन सरकारले चालेको असंवैधानिक कदम खारेज गराउनका लागि कांग्रेसले विरोध कार्यक्रमको आयोजना गरेको पनि नेता सिंहले बताएका छन्।