-सांकेतिक तस्विर

वैदेशिक रोजगारीबाट फर्किएका साढे ४ सय जनाको सीप परीक्षण शुरु 

Hollywood Khabar April 15,2019 Comments

३ बैशाख,काठमाडौँ।सरकारले आजदेखि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको सीप परीक्षण गरेको छ ।सरकारले आर्थिक वर्ष २०७५र७६ मा वैदेशिक रोजगारीबाट फर्किएका एक हजार जना युवाको सीप परीक्षण गर्न आवेदन माग गरेको थियो।सीप परीक्षणका लागि निवेदन दिएका साढे ४ सय जनाको मंगलबार बाट सीप परीक्षण गरेको हो।

सरकारले वैदेशिक रोजगारीबाट फर्किंदा कामको प्रमाणपत्र नहुने र काम नपाएपछि फेरी  विदेश नै जानुपर्ने अवस्थाको अन्त्य गर्न भन्दै पहिलो पटक सीप परीक्षण र प्रमाणिकरण गरेर प्रमाणपत्र दिन लागेको हो ।सीप परीक्षण र प्रमाणिकरण गरेर गरेपछि त्यसमा उत्तीर्ण भएका कामदारले लोकसेवाको परीक्षा पास गरेकै सरहको मान्यता पाउने बोर्डको भनाई छ ।