-बैदेशिक रोजगारीमा जान पाउने, कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्णय

बैदेशिक रोजगारीमा जान पाउने, कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्णय

Hollywood Khabar June 18,2020 Comments

नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को जुन १९, २०२० मा बसेको बैठकले बैदेशिक रोजगारीमा जाने पाउने निर्णय गरेको छ। बैठकको निर्णय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।

१. सिंहदरबारमा बसेको सिसिएमसीको बैठकले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा भएर तत्काल नेपाल आएका रोकिएकाहरुले आफ्नो काममा फर्कन पाउने भएका छन्।

२. बैदेशिक रोजगारीमा जाने नयाँ व्यक्तिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्वीकृत लिएर बैदेशिक रोजगारीमा जान पाउने निर्णय सिसिएमसीले गरेको छ।

३. अध्ययनका लागि विदेश जानेहरुलाइ भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले सिफारिस गर्नेछ।

४. हाल बैदेशिक रोजगारीमा अलपत्रमा रहेका नेपालीहरुलाई सम्बन्धित देश र रोजगारदाताले खर्च नव्यहोर्ने, आफ्नो खर्चमा नेपाल आउन नसक्नेहरुको लागि सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागु गर्न श्रम मन्त्रालयलाई निर्देशन दिइएको छ।