-राष्ट्रपतिहरुको व्हाइट हाउस आरोहण र बहिर्गमन यो पटक परंपरागत तरिकाले नहुने

राष्ट्रपतिहरुको व्हाइट हाउस आरोहण र बहिर्गमन यो पटक परंपरागत तरिकाले नहुने

Hollywood Khabar January 16,2021 Comments

कृष्ण के सी, अमेरिका/१/१७/२१

राष्ट्रपति निर्वाचित जो बाइडेन तथा उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसको शपथ ग्रहण तथा व्हाइट हाउस प्रवेस समारोह र आउट गोइन राष्ट्रपति डनल्ड ट्रम्पको बहिर्गमन व्हाइट हाउसको परंपरा अनुसार नहुने भएको छ।

जनवरी २०, २०२१ मा निर्वाचित राष्ट्रपति र उपराष्ट्रपति जो बाइडेन र कमला ह्यारिसको शपथ ग्रहण र व्हाइट हाउस आरोहन समारोह हुँदैछ। सोहिन दिन राष्ट्रपति ट्रम्पको बहिर्गमन पनि हुँदैछ। राष्ट्रपति ट्रम्प माथि राजधानी, संसद भवनमा भिड जम्मा गरेर बिद्रोह गराएको आरोपमा प्रतिनीधितसभा (हाउस) बाट महाभियोग प्रस्ताव पारित भएको छ र उनी सिनेट (माथिल्लो सदन) को ट्रायलमा छन्।

अझै पनि राष्ट्रपति ट्रम्पले बाइडेनको जितलाइ स्विकारेका छैनन्, परंपरा अनुसार कल गरेर बधाई दिनु पर्ने त्यो पनि गरेका छैनन। जुन कुरा उपराष्ट्रपति माइक पेन्सले गरिसकेक छन्। एपीन्यूजका अनुसार व्हाइट हाउसमा राष्ट्रपति ट्रम्पको बहिर्गमनको तयारी द्रुत गतिमा हुँदैछ। प्याकिङ्ग हुँदैछन र मुभिङ्ग ट्रक देखिएका छन्। राष्ट्रपति ट्रम्प फ्लोरिडाको उनको स्पेशल रिसोर्ट खालको आइल्याण्डमा सर्दैछन्।

व्हाइट हाउसको परंपरा अनुसार, राष्टपति शपथ ग्रहण समारोहमा निर्वाचित राष्ट्रपति र नयाँ फर्ष्ट लेडिलाइ व्हाइट हाउसमा आउट गोइन राष्ट्रपति र फर्ष्ट लेडीले स्वागत गरिन्छ। जतिबेला बहिर्गमनको लागी तहारी भएका राष्ट्रपतिसँग लगाएका लुगा बाहेक सबै रित्तिएको हुन्छ। त्यहाँ एउटा सानो र अत्यन्तै छोटो स्वागत समारोह हुन्छ। त्यहाँ दुवै परिवार भेटघाट गर्छन, स्वागत अनि धन्यवाद लिने-दिने काम गर्छन। त्यसपछि आउटगोइन राष्ट्रपतिले इनकमिन राष्ट्रपतिलाइ बिशेष गाडिमा राखेर शपथ ग्रहण समारोह हुने स्थलमा लैजान्छन। त्यहाँ निर्वाचित राष्ट्रपतिले शपथ ग्रहण गर्छन। आउट गोइन राष्ट्रपति दर्शक साइडमा गएर सामान्य नागरिक सरह भएर बस्छन। अनि बधाई दिएर बिदा भएर मिलिटरी एयरपोर्टबाट बिशेष बिमानबाट आफ्नो गृह राज्य फर्कन्छन।

एपीन्यूज लगायत सबैजसो संचार माध्यमले यो पटक भने यस्तो परंपरा नहुने भएको छ बताएका छन्। उसै पनि राष्ट्रपति ट्रम्पका क्याबिनेटका धेरै सदस्य राजिनामा दिएर गैसके। राष्ट्रपति ट्रम्पले शान्तिपूरवा सत्ता हस्तान्तरणमा निर्वाचित राष्ट्रपति बाइडेनलाइ सहयोग गरेनन। ट्रांजिशनको लागि १ महिनाको समयमा बहिर्गमन र आगमन टिमबीच जे जे हुनुपर्ने हो त्यो भएनन्।

अबको ४ दिनमा उनि व्हाइट हाउसबाट बाहिर निस्कंदै छन्। राष्ट्रपति ट्रम्प अझै पनि निर्वाचनमा पराजय भोगेकोमा रिसाएर बसेका छन् र शपथ ग्रहण समारोहमा सरिक नहुने घोषणा गरेका छन्। तर उनले आफ्नो बहिर्गमनको लागि भने तयारी गरेको कुरा सिएनएनले जनाएको छ। एबिसी न्यूजले जनाए अनुसार त राष्ट्रपति ट्रम्प बाइडेनको आगमन हुनुपूर्व व्हाइट हाउस मात्र होइन राजधानी नै छोड्ने छन्।

उता बाइडेन-ह्यारिसको व्हाइट हाउस प्रवेश समारोह पनि कडा सुरक्षाका बीच हुँदैछ। सुरक्षाका कारण राजधानी आउने सबै यात्रा र पवेश नाकाहरु कडा बनाइएको छ। ठूला सपिङ्ग मलहरु पनि बन्द गरिएका छन्। यो पटक कोरोनाको महामारी र सुरक्षा चुनौतीका कारण ४६ औं राष्ट्रपतिको शपथ ग्रहण समारोह परंपरागत भन्दा फरक रुपमा आयोजना हुने भएको छ। Pennsylvania Avenue देखि White House सम्मको छोटो दुरीमा लाखौँ समर्थक आएर हुने घण्टौ लामो परेड यो पटक थोरै मानिस, सानो र छरितो हुने भएको जनाइएको छ।