-The US President Joe Biden

राष्ट्रपति बाइडेनले अरु दुइ अध्यादेश जारि गर्ने, लो इनकमको लागि थप १४०० डलर

Hollywood Khabar January 21,2021 Comments

कृष्ण के सी, अमेरिका/१/२२/२१

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज अरु २ अध्याधेश जारि गर्ने तयारी गरेको कुरा संचार माध्येमाहरुले जनाएका छन्। पहिलो अध्यादेश कोरोनाका कारण संकटमा परेका अमेरिकनहरुलाई प्रति व्यक्ति १४०० डलर थप राहत पठाउने। जसले यस पहिला ६०० डलर पाए त्यसमा अर्को १४०० डलर थप गर्ने घोषणा उनले गरेका थिए। यो रकम खाना-राशनको लागि राहत स्वरुप प्रदान गरिने कुरा बताइएको छ। यस बाहेक अनइम्प्लोयमेन्टको दोश्रो ११ हप्तामा थप गर्ने अनुमान पनि गरिएको छ।

दोश्रो अमेरिकी न्यूनतम ज्यालादर १५ डलर प्रतिघण्टा बनाउने अध्यादेश हुनेछ। लामो समय देखि न्यूनतम ज्यालादर बढाइएको थिएन। हाल न्यूनतम ज्यालादर ७.२५ डलर प्रतिघण्टा छ। कतिपय राज्यहरुले यस पहिला नै न्यूनतम ज्यालादर १५ डलर बनाइसकेका छन्। यस बाहेक तुरुन्तै इमिग्रेशन संबन्धि केहि अध्यादेश जारी गरिने कुरा सिएनएनले उल्लेख गरको छ।