-गणेश प्रसाद पौडेल " बहुरुपी "

सम्झेनन् खै  दिनरात मन पिरोल्नेहरुले

Hollywood Khabar July 08,2018 Comments

खै के  गर्छन् गर्छन् यहाँ मन बिथोल्नेहरुले 
वाचा कसम निकै खान्छन् झुटो बोल्नेहरुले ।
,,,
अब पक्कै बाँच्दैनन् यि निमुखा र सोझाहरु
भान्साघरमा ठाउँ पाए विष घोल्नेहरुले ।
,,,
तराजुमा जोखिन्छ मान मर्यादा सबै कुरा
त्यही भएर ठाउँ पाए लुगा  खोल्नेहरुले ।
,,,
चापलुसीमै जब  संसार चल्न थालेपछि 
सफलता क्यै पाएनन् जोखिम मोल्नेहरुले ।
,,,
परदेशमा दिनरात सम्झनामै बित्छन् 
सम्झेनन् खै  दिनरात मन पिरोल्नेहरुले ।