-सांकेतिक तस्विर

बहुविवाहकोआरोपमा पक्राउपरेका वडाध्यक्ष हिरासत मुक्त 

Hollywood Khabar September 14,2019 Comments

३० भदौ, प्युठान ।बहुविवाहकोआरोपमा पक्राउपरेका एक वडाध्यक्ष हिरासत मुक्त भएका छन्।प्युठानको  गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीमाथि  बहुविवाहको आरोप लागेपछि प्रहरीले पक्राउ गरि हिरासतमा राखेको थियो। एक युवतीसँग गाउँपालिका अध्यक्ष विष्णु गिरीले खिचाएका अर्धनग्न तस्वीर र फेसबुक च्याटमार्फत् भएको कुराकानीहरुको आधारमा गत भदौ १० गते गिरीकी श्रीमती सीता केसीले बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन्।त्यसपछि प्रहरीले गाउँपालिका अध्यक्ष गिरी र ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दाका लागि प्रमाण नपुगेको भन्दै अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरि उच्च सरकारी वकिलको कार्यालयमा पठाइएको निमित्त जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए ।उच्च सरकारी वकिलको कार्यालयले निर्णय सदर नगरेसम्म सम्पर्कमै रहने गरी अध्यक्ष गिरीलाई हिरासत मुक्त गरिएको प्युठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।