बाहिर खाजाघर भित्र यौन व्यापार

0
shares

by Soni Sharma | Updated: 16 Aug 2019

147 views
साङ्केतिक तस्बिर:साभार वेब

३२ साउन काठमाडौं।खाजा पसलको नाममा दर्ता नगरी वा गरि पसलमा खाजाका १–२ वटा ‘आइटम’ राख्ने र भित्र यौन व्यापर हुने गरेको पाईएको छ।बाहिर खाजा घर र भित्र  महिला तथा युवतीलाई यौन धन्दामा लगाउने गरेको प्रहरीले तथ्य फेला पारेको हो।पछिल्लो समय खाजा पसलका नाममा यस्तो क्रियाकलाप गरेको भन्दै गत जेठ ३ गते काठमाडौंको नयाँ बसपार्कबाट २८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।प्रहरीले नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा यौन क्रियाकलाप गर्ने १५ पुरुष र १३ जना महिला गरी २८ जना पक्राउ गरेको थियो ।

नयाँ बसपार्क, कोटेश्वर, चाबहिल, गौशाला लगायतका क्षेत्रमा दर्ता नगरिकनै खाजा पसलका नाममा यौनधन्दा भइरहेको तथ्य खुलेको प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।‘मानिसको भीडभाड हुने तथा राजधानीका मुख्य ठाउँ मानिने कोटेश्वर, कलकंकी, नयाँ बसपार्क, रत्नपार्क लगायतका क्षेत्रमा उनीहरूको सक्रिय देखिन्छ,’ एसएसपी सुवेदीले भने ।

‘ए दाई हामी मिलाइदिन्छौं,जाने हो?सुरक्षित छ क्या?जस्ता शब्द प्रयोग गर्ने दलालले सर्वधारणलाई अप्ठ्यारो पारेको भन्ने सूचनाहरू हामी कहाँ आइरहन्छन्।त्यसलाई हामीले समुदायसँग साझेदारीमा नियन्त्रणमा लिने,सम्झाउने तथा सुध्रिनको समय दिने।यति हुँदाहुँदै पनि अटेरी गर्नेलाई कानून बमोजिमको कारवाहीका लागि सिफारिस गर्छौं,’ प्रमुख सुवेदीले भने ।