रामेश्वर फुयाँल

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ ग्रहण आज

Hollywood Khabar February 10,2020 Comments

२९ माघ काठमाण्डौं।बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका रामेश्वर फुयाँलले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्।मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा फुयाँललाई नियुक्त गरेका थिए। फुयाँललाई आज ४ बजे  शपथ ग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले बताएको छ।

बाग्मती प्रदेशका प्रदेशसभा सदस्य रहेका फुयाँल पहिलो पटक मन्त्रीमा नियुक्त भएका हुन्।तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई १७ कात्तिकमा मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि उक्त पद रिक्त थियो।स्थापितलाई बर्खास्त गरेपछि मन्त्रालयको कार्यभार मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका थिए।फुयाँल वाग्मती प्रदेश नेकपाका प्रमुख सचेतकसमेत हुन्।