-वाग्मती प्रदेश

आज वाग्मती प्रदेशमा सार्वजनिक बिदा 

Hollywood Khabar January 22,2020 Comments

१०माघ,काठमाडौं।आज वाग्मती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।तामाङसमुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो। वाग्मती  प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले  सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गते बसेको मन्त्रिपरिषद् बैठकले  गरेको निर्णय अनुसार आज   सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर छुट्टी हुने भएपनि काठमाडौँ उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रानुसार हुने  वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले बताए ।