बागमती गाउँपालिकाद्वारा पीडित परिवारलाई तत्काल राहत उपलव्ध गराउने निर्णय

0
shares

by Krishna KC (admin@gmail.com) | Updated: 17 Jul 2019

142 views
-बागमती गाउँपालिका

सन्तोष दाहाल/ललितपुर/७/१८/१९

कार्यपालिकाको आकस्मिक बैठकले पीडित परिवारलाई राहत तत्काल उपलव्ध गराउने निर्णय गरेको हो।

गत असार २१ गतेबाट परेको अविरल बर्षाका कारण पहिरोले पुरिएर बागमती गाउँपालिका वडा नम्बर २ माल्टाका सरोज जिम्बा र वडा नम्बर ७ गिम्दिका सीता राना मगरको मृत्यु भएको थियो।

मृत्यु भएका परिवारलाई गाउँपालिकाले प्रति परिवार रु. १ लाख ५ हजारका दरले राहत दिने निर्णय गरेको छ। गाउँपालिकाले पहिरो तथा डुबानमा परी घाइते भएका लाई अवस्था हेरी ५० हजारसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै पहिरो र बाढीका कारण घरबार विस्तापित भएका परिवारलाई प्रतिपरिवार रु.५० हजार दिने निर्णय गरेको छ। पहिरोका कारण आंशिक क्षति भएका परिवारलाई प्रतिपरिवार ३० हजारका दरले र गोठ मात्र क्षति भएका परिवारलाई रु २५ हजार दिने निर्णय गरेको छ।

त्यस्तै पशुपन्छी पुरिएका परिवारलाई अवस्था हेरेर २० हजार,१० हजार र ३ हजार दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले बताउनुभयो।