-बागमती गाउँपालिकाको ४२ करोडको बजेट र नेकपाको असहमति

बागमती गाउँपालिकाको ४२ करोडको बजेट र नेकपाको असहमति

Hollywood Khabar June 22,2020 Comments

सन्तोष दाहाल/ललितपुर/६/२३/२०

बागमती गाउँपालिका ललितपुरले आर्थिक वर्ष २०७७/०७८ को का लागि ४२ करोड ५६ लाख ३ हजार रुपियाँको बजेट प्रस्तुत प्रस्तुत गरेको छ। मंगलबार गाउँपालिकाका आयोजित गाउँसभाको पहिलो सत्रमा गाउँपालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँसभामा गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले बागमती गाउँपालिकाको नीति तथा कार्यक्रम पेस गर्दै आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले निकै लोकप्रिय कार्यक्रम तय गरेको बताए । गाउँपालिकाले पर्यटन विकास कार्यक्रम राडर क्षेत्र पर्यटन विकास कार्यक्रम सञ्चालन जनाएको छ । तिनपाने भन्ज्याङ तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिका स्तरिय अस्पताल निर्माण सम्पन्न गर्ने नीति लिएको गाउँपालिकाले बैदेशिक रोजगारबाट फर्केर आउने युवाहरुलाई ब्यबसायमा लाग्नको लागि ब्याज अनुदान कार्यक्रम लागू गर्ने भएको छ । चालु आर्थिक वर्षको एकल पुरुष भता गाउँपालिका भबन निर्माण कार्य जस्ता कार्यक्रम आगामी वर्ष पनि सञ्चालन गरिने बागमती गाउँपालिकाका अध्यक्ष बिरबाहदुर लोप्चनले जानकारी दिएका छन् ।

बागमती गाउँपालिकालाई बितिय समानिकरण अनुदान संघिय सरकारबाट ७ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने जानकारी दिइएको थियो । यस्तै बागमती प्रदेश सरकारबाट ९८ लाख ९४ हजार विनियोजन भएको बताइएको छ । शशर्त अनुदान अन्तर्गत संघिय सरकारबाट १९ करोड ५२ लाख र प्रदेश सरकारबाट २ करोड ३२ लाख ७५ हजार विनियोजन भएको बताइएको छ ।

संघीय सरकारबाट राजस्व बाडफाँडबाट ५ करोड १३ लाख रुपियाँ र बागमती प्रदेश सरकारबाट राजस्व बाडफाँड १ करोड ५८ लाख ३४ हजार विनियोजन भएको जनाइएको छ। गाउँपालिकाको आन्तरिक आय ५ करोड ६३ लाख रहेको छ । रजिस्ट्रेसन दस्तुरबाट ५० लाख गरी बागमती गाउँपालिकाको अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार रहेको गाउँपालिका अध्यक्ष बिरबहादुर लोप्चनले बताए।

नेकपाको असहमति

मंगलबार बागमती गाउँपालिकाको गाउँसभामा पेस भएको बजेट र नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी नेकपाका बोर्ड सदस्यहरुले असहमति जनाउँदै गाउँसभा बहिष्कार गरेको घोषणा गरेका छन्। पूर्व जानकारी बिना एकैदिन बजेट, नीति तथा कार्यक्रम र तीनओटा विधेयक एकैदिन छलफल नै नगरी ल्याइएकोले उक्त कदम स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म विपरीत भएको भन्दै आफूहरुको असहमति रहेको वडा नं ७ का वडाध्यक्ष नवराज संजेलले जानकारी दिए। बागमती गाउँपालिकाका निर्णयहरु ऐन नियम मुताबिक हुनुपर्नेमा एकतर्फी र एकलौटी गर्ने दैनिकी नै बनेको भन्दै संजेलले योजना पेस गर्नू, जनातामैत्री बजेट ल्याउनुमा आफूहरुको असहमति नरहेको बताए। साथै सुशासनको कुरा गर्दै कुशासनको अभ्यास गर्ने तथा अपारदर्शिता, बेथिती र निरङ्कुशताको बिरोध स्वरुप आफ्नो कुरा स्पस्ट राखेर बैठकबाट बाहिरिएको उनले बताएका छन्।

यसैगरी वडा नं ५ का वडाध्यक्ष साजन दर्लामी मगरले १२ करोडको बजेट कार्यक्रमबाट २ करोड ८० लाख मात्र वडालाई दिएको र अरु सबै अध्यक्ष मातहत राखेकोले बजेट वितरणमुखी रहेको आरोप लगाए। गाउँसभामा आर्थिक ऐन, विनियोजन विधेयक र प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि -२०७७ पेस गर्नका लागि विधायन समितिका संयोजक एबम वडा नं ६ का वडाध्यक्ष लाल बहादुर भोम्जनलाई आग्रह गरी पनि छलफल बिना ल्याईएको विधेयक पूर्णरुपमा अध्ययन नै नगरी आफूले पेस नगर्ने भन्दै बाहिरिएका थिए।