-बागमती प्रदेशमा तीन नयाँ मन्त्री नियुक्त

बागमती प्रदेशमा तीन नयाँ मन्त्री नियुक्त

Hollywood Khabar April 27,2021 Comments

नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक किचलोका कारण विगत चार महिना देखि खालि रहेको बागमती प्रदेशका चार मन्त्रालयले मन्त्री पाएको छ।

अप्रिल २८, २०२१ बुधबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख विष्णु प्रसाईको कार्यालयमा सपथ ग्रहण गराइएको छ। नयाँ मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सुरेश नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा राम कुमार अधिकारी रहेका छन्।