-बाग्लुङमा स्थानीय मतदाताले नेकपाका नेतालाई लखेटे

बाग्लुङमा स्थानीय मतदाताले नेकपाका नेतालाई लखेटे

Hollywood Khabar November 28,2019 Comments

१३,मंसिर ,बाग्लुङ ।उपनिर्वाचको मौन अवधिमा मतदातालाई प्रलोभनमा पार्न खोजेको भन्दै बाग्लुङका स्थानीय मतदाताले नेकपाका नेताहरुलाई लखेटेका छन् । बागलुङ क्षेत्र नम्बर २ को ख मा हुन लागेको निर्वाचनलाई प्रभावित पार्न क्षेत्र नं  २ को क बाट निर्वाचित सांसद चन्द्रबहादुर बुढासहितका नेकपा नेताहरुलाई स्थानीयले लखेटेका हुन् ।स्थानीयले मौनव अवधिमा आश्वासन बाँड्न गएका नेताहरुको गाडी पनि नियन्त्रणमा लिएका थिए भने के के बाँड्न आएको हो भन्दै खानतलासी गरेका थिए ।

मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भएपनि टोली नै लिएर सांसद बुढा गाडीमा तमानखोला गाउपालिका–१ बोङ्गादोभान पुगेका थिए । उक्त समुहले मतदातालाई विभिन्न विकास आयोजना ल्याईदिने र आर्थिक सहयोग गर्ने प्रलोभन दिईरहेको अबस्थामा फेला पारेको दावी गरिएको छ ।स्थानीयले सोधपुछ गरि आचारसंहिता बिपरित मतदाता प्रभावित गरेको ठहर गरेपछि गाडी नियन्त्रणमा लिइएको बताएका छन् ।मतदाता प्रलोभनमा पार्ने समुहमा प्रदेश सांसद चन्द्रबहादुर बुढासहित बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, नेकपा बागलुङ ईन्चार्ज बलावती शर्मा, राजमोका जिल्ला अध्यक्ष अमर थापा , गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाहकार गोविन्द नेपाली लगायतका नेताहरु थिए ।