-लोक गायक बद्री पंगेनी

लोक गायक बद्री पंगेनी दुबईमा जाँदै

Hollywood Khabar March 24,2019 Comments

लालबहादुर ढेंगा, दुबई, युएई

राष्ट्रिय लोक दोहोरी प्रटिष्ठान नेपालका अध्यक्ष तथा चर्चित लोक गायक बद्री पंगेनी एउटा बिशेष सांगीतिक कार्यक्रमका लागि यहि २९ र ३० मार्चका दिन दुबईलाई संगीतमय बनाउन आउने भएका छन् । विगत ३ महिनादेखि बरदुबईको रेन्ट्री होटलको कम्पाउण्डभित्र संचालनमा आएको नशा लोक दोहोरी सांझको बिशेष निमन्त्रणामा आउने भएको हो ।

भर्खरै मात्र संचालनमा आएको उक्त दोहोरी सांझले प्रवासको भूमिमा पनि आफ्नो देशको कला, संस्कृति, भेष भूषा, खान र पानको स्वादलाई उजागर गर्दै संगीतका पारखीहरुलाई सांगीतिक माहौलमा रंगाउदै आएको पाईन्छ। सांगीतिक कार्यक्रममा अतिथि कलाकार बद्री पंगेनी, नारायण न्यौपाने, घमिन्द्र राना, चिज गुरुङ, लिलाराम सुस्लिम, निशान चौधरी, साधुराम रोका, अम्विका पुन, शुशिला गुरुङ, प्रतिभा सापकोटा, पूर्णिमा गुरुङ र रन्जिता लामाको वेजोड प्रस्तुतिहरु रहने छन् ।

खासगरी भन्ने हो भने गायक पंगेनीका लागि दुबई नौलो रहेन । उहांका लागि दुबई पानी पढेरो जस्तै भई सकेको छ। हेर्दामा गहुं गोरो आर्कषक चेहरा र सुरिलो स्वरले युएईका दर्शकहरुको मन जित्नमा सफल भएका छन् । सबैको लोकप्रिय गायक दुबई आउने खबरले शुभचिन्तक र पाहुनाहरुमा निकै उत्साह देखिन्छ । फेरि पनि एक पटक दुबईको सहरमा गायक पंगेनी छाउने भएका छन् ।

नशा लोक दोहोरी सांझका संचालक हरि खड्का र प्रविन लामाले यस्ता खालका कार्यक्रमले पाहुना र कलाकारहरुको बिचमा नयां आयाम थपिने बताएका छन् । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि आयोजकहरु तमतयारीमा लागिपरेका देखिन्छ । पाहुनाहरुका लागि बिशेष रुपमा प्रवेश निःशुल्क गरिएको छ भने सोही दोहोरी सांझका मनैजर, कार्यक्रम प्रस्तोता र लोक गायक नारायण न्यौपानेले युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारको आधारमा उपस्थितिका लागि आग्रह समेत गरेको छ ।