Sarala Kadel

बाँडीचुडी खान पाइयोस आफू बाचुन जेल

Hollywood Khabar January 24,2019 Comments

सरला कडेल
साथी भाई सोध्न थाले हाँसो कता गयो
मलाई आफै थाहा छैन के के भयो भयो

कथा जस्तो हुँदै होइन उमेरको दोष छैन
आज भोली एकान्त नै प्यारो हुन्छ थाहा छैन

बिना श्रम खानेहरु खुशी होलान तनमन
सारै गार्हो हुँदोरहिछ बुझ्न पनि आफ्नै मन

कुनै कुरा बाँकी छैन गर्नुपर्ने मेरो सोख
कहिले काहि भुल्छु खान नलागेर होला भोक

दु:ख पिडा केहि होईन न त मनै अन्त सर्छ
आजभोली मौनतामा बस्न मात्रै मन पर्छ

जन्मदा नै के थियो र लेराएको आफ्नो साथ
जादा कहि लानु छैन केवल फुकाई दुइ हात

कतै मन दुखाउन नपरोस है संगी साथ
मिलिजुली बाडीचुडी बाचुनजेल साथसाथ