साङ्केतिक तस्बिर:साभार वेब

बाढी पिडीत राहतको पर्खाईमा

Hollywood Khabar August 17,2019 Comments

१ भाद्र मलंगवा।महिना दिनअघि गाउँमा बाढी पसेपछि बाँधमा आश्रय लिएका सर्लाही धनकौल-३ ढावटोलका जदु महतो राहतको पर्खाइमा छन्।बाढीले घर, अन्न, लत्ताकपडा सबै नष्ट गरेपछि राहत कहिले आउला र बालबच्चालाई पेटभर खुवाउने कल्पना गर्दै बसेका छन् उनी।मनुष्मारा खोलाको पानी गाउँमा पसेपछि ७६ घरपरिवार बाँधमा बस्न बाध्य भए।१५ दिनसम्म बाँधमा बसेका बाढीपीडितले अहिलेसम्म राहत नपाउँदा निराश बनेका छन् ।

बाढीले घर नस्ट गरेपछि ६ जनाको परिवारसहित बाँधमा गुजारा गर्नु परेको स्थानीय राजेन्द्र पासवानले दुखेसो छ । ‘लगाउने र खाने केही छैन् । ६ जनाको परिवार बाँधमा बनाएको सानो झुपडीमा बस्दै आएका छौं’, पासवानले भने, ‘घरमा बस्ने अवस्था छैन् ।’ 

रेडक्रसलगायत विभिन्न संघसंस्था र सरकारी निकायमार्फत जम्मा भएका राहत सामग्री सदरमुकाम मलंगवामै थन्किएको छ । तर एकद्वार प्रणाली अपनाएर गैरसरकारी निकायले राहत वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् ।सरकारी राहतको हकमा तथ्यांक समयमा नआउँदा वितरणमा ढिलाई भएको प्रजिअ जिसीले बताए।‘केही स्थानीय तहको तथ्यांक आएको छ।केहीको आउन बाँकी छ’,उनले भने,‘तथ्यांक संकलन गर्न समिति बनाइएको छ।समितिले काम गरिरहेको छ। कतिपय तथ्यांक अपुरो भएकाले पनि राहत वितरणमा समस्या भएको हो।’

समयमा राहत वितरण नहुँदा बाढी तथा डुबानपीडित खुल्ला आकाशमुनी जीवन बिताउन बाध्य भएको नागरिक अधिकारकर्मी रजनीकान्त झाले बताए।‘पीडितले तत्कालै राहत पाउनु पथ्र्यो।स्थानीय तहले समयमा निर्णय नगर्दा ढिलाई भएको देखिन्छ’,उनले भने, ‘आहतको समयमा राहत दिने हो । आहतको आभास सकिएपछि राहतले कुनै अर्थ राख्दैन्।अहिलेको राहत लगनपछिको पोते सरह भएको छ।’

बाढीपीडितलाई राहतभन्दा कसरी घर दिने,सुरक्षित बसोबासको व्यावस्था गर्ने तर्फ ध्यान दिनुपर्नेमा पहिलो चरणमा दिनुपर्ने राहत नै अझै दिएको छैन।घर बनाउने कुरा त परकै भो’, उनले भने।तथ्यांक संकलनमा ढिलाई भएकाले राहत वितरण समयमा हुन नसकेको रेडक्रस सोसाइटी मलंगवा शाखाले जनाएको छ।१५ दिने पहिले १५ सय परिवारको लागि आएको राहत अझै गोदाममा थन्किएको सोसाइटीले जनाएको छ।५ सय परिवारको लागि राहत सामग्री प्याक भइसकेको छ।एकातिर राहत राख्ने ठाउँ छैन भने पीडित केही नपाएर छटपटाइरहेका छन्।