-सोनी शर्मा 

तिज गित -बाढी पैरो 

Hollywood Khabar August 12,2017 Comments

भेट भैयो दिदीबैनी के भनौ र मैले खोइ 
यस्पालिको तिजपनि जाने भयो रोइ। 

के बाध्नु र फुर्के डोरी चट्ट पारि कपालमा 
प्रकृतीले विनास ल्यायो हाम्रो नेपालमा। 

पहाडमा हेरौ भने जताततै पैरो छ 
यो मनामा नेपालीको माया गैरो छ। 

डुब्न थाल्यो तराई लाग्न थाल्यो उठिबास 
जताततै रुवावासी कसको गर्नु आश। 

बस्ने खाने ठाउँ छैन झिटी झाम्टा डुबायो  
बाढी अनि पैरोले सारै रुवायो। 

घर भित्र पानी पानी सबै डुबे तालमा 
साँझ बिहान के खाने छैन थालमा। 

छैन केहि खान लाउन डुबाइ दियो बस्ने ठाउँ 
भयो सारै बिचल्ली बस्न कता जाउँ। 

कोहीको घर पैरियो कोहीको माइत डुबायो 
यो तीजमा विपत्तिले रौनु रुवायो। 

दिदीबैनी दाजुभाइ सबैजना उठौंन
पिडितको आँशु पुछ्न हामि जुटौंन । 

तडक भडक नगरौ फजुल खर्च घटाउँ 
सबै मिलि आफु सक्दो राहत पठाउँ। 

तराइमा आँशु झर्दा पहाडले पुछौँन 
हातेमालो गर्दै अब सबै जुटौंन। 

भूकम्पमा जस्तै गरि ऐलेपनि जुट्नुछ 
बाढी पिडित जनाताको आँशु पुछ्नु छ। 

बरु हामि बसौला एक छाक खाएर 
पिडितको पिडा बुझौ मानव भएर।