तस्बिर वेब

बाढी, पहिरो र डुबानबाट ४३ जनाको ज्यान गयो

Hollywood Khabar July 12,2019 Comments

२९ असार काठमाण्डौ।लगातारको वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट ४३ जनाको ज्यान गएको छ।बाढी र पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् भने २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।बाढी पहिरोमा परेर शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाण्डौ, खोटाङ, ओखलढुंगा र काभ्रेमा ३–३ जना, धादिङ, झापा, सिन्धुलीमा २–२ जना तथा पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा चितवन र डोल्पामा १–१ जना गरी ४३ जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेमा १८ जना महिला र २५ जना पुरुष रहेको प्रहरीले जनाएको छ।यस्तै, एक हजार एक सय ४ जनाको उद्धार गरिएको छ।महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाण्डौमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिरहामा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जना गरी जम्मा १ एक हजार एक सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोमा परेर मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा १–१ जना गरी २० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसैगरी, सिन्धुली ६ जना, इलाम र मोरङमा ३–३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाण्डौ, ललितपुरमा १–१ जना गरी २४ जना बेपत्ता भएका छन्।बेपत्ताको खोजी कार्य र बाढीबाट प्रभावितहरुको उद्धारको काम भैरहेको पनि प्रहरीले जनाएको छ ।