-सांकेतिक तस्विर

बाढी र पहिरोले देशभरमा ३४ जनाको मृत्यु  

Hollywood Khabar July 12,2019 Comments

२८ असार, काठमाडौं ।शनिबार साँझसम्म  अविरल वर्षाको कारण  बाढी र पहिरोमा परी ३४जनाको मृत्यु भएको छ ।बाढी र पहिरोमा परी ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३ जना, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एकएक गरी ३४ जनाको मृत्यु भएको छ ।

तेस्तैगरी बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एक एक  जना वेपत्ता भएका छन् । तेस्तै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी जम्मा १२ जना घाइते भएका छन् ।उद्दारमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।