-सांकेतिक तस्विर

बाढी र पहिरोमा परी १९ जनाको मृत्यु 

Hollywood Khabar July 11,2019 Comments

२८ असार,काठमाडौं।अविरल वर्षापछिको बाढी र पहिरोमा परी १९ जनाको मृत्यु भएको छ।अहिले सम्म  बाढी र पहिरोमा परी  काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एकजनाको मृत्यु भएको  छ । तेसैगरी बाढीपहिरोमा परी आठ जना बेपत्ता भएका छन् भने हजारौं विस्थापित भएका छन्।पहिरोमा परी खोटाङको खोटेहाङ गाउँपालिका–२ का एकै परिवारका तीन जना रेखा राई र उनका दुई छोरा रोमन र रोहनको मृत्यु भएको छ भने खोलाले बगाएर इलामको चुलाचुली–१ मा अञ्चल लावतीको मृत्यु भएको छ।

तेस्तै भोजपुरको ट्याम्केमयुङ गाउँपालिका, लोकखर्कमा  शौचालय गएका बेला पहिरोले पुरिएर जनक विकको मृत्यु भएको छ।  यस्तै रामप्रसाद राई गाउँपालिका–७ बासीखोरामा घरको छानो खसेर ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ।  ओखलढुंगाको चिसंखुगढी गाउँपालिका रातमाटेमा ९५ वर्षीया पासाङ फुरी शेर्पाको लसुने खोलाले बगाएर निधन भएको छ।

झापा दमक–१० मा भालुखोलाले बगाएर ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ।तेस्तै पर्साको पर्सागढीमा बाढीले बगाएर ल्याएको काठ छोप्न भनेर सिङ्याही खोलामा पसेका१२ वर्षीय निखल  बालकको मृत्यु भएको छ।अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा चार जनाको मृत्यु भएको छ। तीनजनाको टहरोले किचेर र एकजनाको पहिरोमा पुरिएर निधन भएको हो।

काठमाडौं मूलपानीस्थित बाबाचोकमा टहरालाई पर्खालले थिच्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।  घटनामा बारा घर भई मूलपानी बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, १० वर्षीय छोरा कुन्दन यादव र शर्मिलाकी देवरानी ३० वर्षीया निलु यादवको मृत्यु भएको हो।  प्रहरीले एक्जाभेटर लगाएर टहरा पन्छाउँदा तीन जनाको शव भेटिएको थियो।  घर भत्किँदा ललितपुरको बागमती गाउँपालिकाको बगुवामा १३ वर्षका सरोज जिम्बाको मृत्यु भएको छ।गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले घर भत्केर जिम्बाको मृत्यु भएको बताए। 
 
काभ्रेको बनेपा नगरपालिका–३ नालामा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  पहिरोले पुरिँदा स्थानीय रामप्रसाद दंगालकी पत्नी ५५ वर्षीया गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए।  घरमाथिबाट आएको पहिरोले पुरिँदा घाइते भएका ३ जनाको उपचार भइरहेको छ।  मकवानपुरको थाहा नगरपालिकामा खोलाले बगाउँदा स्थानीय शिवराम बलामीकी १४ वर्षीया छोरी सन्तमाया बलामीको मृत्यु भएको छ।  खोलाले बगाएर घाइते भएकी उनको उपचारका क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो। 
 
धादिङको गजुरी गाउँपालिका–४ मा घर भत्किएर अस्मिता तामाङको मृत्यु भएको छ भने सिन्धुलीको फिक्कल गाउँपालिका–१ मा पहिरोले गोठ भत्किँदा हेमकुमारी सुनुवारको मृत्यु भएको छ। तेस्तै रामेछाप नगरपालिका–५ मा पहिरोले पुरिएर पदमकुमारी सुनुवारको मृत्यु भएको छ।  
सुनसरी, पाँचथर र झापामा एकएक जना बेपत्ता भएका छन्।  सुनसरीको इटहरी–५ स्थित सुकुमारी खोलाले बगाएर दुई दिनदेखि बेपत्ता युवा अझै भेटिएका छैनन्।सोही स्थानमा ग्रिल पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बिहीबार बाढीले बगाएको थियो।  पाँचथरको मिक्लाजुङ–४ का दियाल राई पहिरोमा परी बेपत्ता भएका छन्।  मेचीनगर– १४ का ५४ वर्षीय सुफल हस्दा भद्रपुरस्थित हडिया खोला तर्ने क्रममा बेपत्ता भएका छन्।

यस्तै महोत्तरीको बलवा नगरपालिका—२ का ७० वर्षीय हनिफ बैठा, रौतहटको ईशनाथ नगरपालिका ३ का ३५ वर्षीय रामकुमार पटेल र रौतहटको गढीमाई नगरपालिका–६ सिंहरवनकी ५० वर्षीया आनन्दीदेवी राय बेपत्ता छन्।  उनीहरूलाई स्थानीय खोलाले बगाएको हो।मकवानपुरको कैलाश गाउँपालिका–५ कालीखोलामा आएको पहिरोमा परी तारामाया पाख्रिन बेपत्ता भएकी छिन्। राजधानीमा विष्णुमती खोलाले बल्खुमा एक जना बगाएको छ।  उनी फेला परेका छैनन्। ललितपुरकै भट्टेडाँडामा गुडिरहेको गाडीमाथि ढुंगाले थिच्दा ३५ वर्षीय दीपक घले घाइते भएका छन्।